बिहिबार राति नेपालको आकाशमा देखिएको चम्किलो वस्तुको यस्तो छ वास्तविकता

२०७६ चैत १३ - काठमाडौ - बिहिबार पश्चिम नेपालको आकाशमा अनौठो बस्तु देखिएको छ । आगोको ज्वाला जस्तो उक्त बस्तु पश्चिम नेपालको आकाशमा देखिएको बताइएको छ । ad गण्डकी प्रदेशका स्थानीयहरुका अनुसार उक्त वस्तु चम्किलो थियो जुन केहि सेकेण्डसम्म आकाशमा देखियो र निकै उज्यालो समेत बनाएको थियो ।
थप अध्ययन गरे पश्चात मात्र आधिकारिक जानकारी दिने जिकिर अध्यक्ष भट्टराईको रहेको छ । यदि यो उल्कापिण्ड भएमा यसले खसेको ठाउँमा केहि न केहि क्षति गर्ने अध्यक्ष भट्टराइको भनाई छ। आकाशबाट ७० किलोमिटर प्रति सेकेन्डमा जमिनमा खस्ने उल्कापिण्डले क्षति पुर्याउनु स्वाभाविक भएको उनको भनाई छ।
उल्कापिण्ड घरमा खसेमा त्यसले धनजनको क्षति हुन सक्ने, जमिनमा खसे खाल्डो पार्न सक्ने र पानि पोखरीमा खसे सुकाईदिन सक्ने भट्टराईले बताए। आज गण्डकी प्रदेशमा देखिएको चम्किलो बस्तुपनि उल्कापिण्ड नै हुन सक्ने उनको भनाई छ। तर यो क्षुद्र ग्रह नभएको उनको दाबि छ। साभार: बिजपाटी
