• नेकपाकाे एकल अध्यक्ष ओली, प्रचण्डको कार्यकारी अधिकार खोसियो !


    २०७७ पाैष ९

    नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड) को कार्यकारी अधिकार खोसिएको बताइएकाे छ । प्रधानमन्त्री तथा नेकपाअर्का अध्यक्ष केपी शर्मा ओलीले पुस्पकमल दाहाल (प्रचण्ड) ले प्रयोग गर्दै आएको कार्यकारी अधिकार खारेज भएको सूचना सहित संशोधित विधान निर्वाचन आयोगमा दर्ता गराएको हाे ।

    प्रधानमन्त्री ओलीका कानुनी सल्लाहकार बाबुराम दाहालले विगतमा अर्का अध्यक्षले प्रयोग गर्दै आएको जिम्मेवारी प्रयोग गर्न पाउने दफा विधानतः बदर भएको लिखित जानकारी आयोगलाई दिएको बताएका छन । अब प्रथम अध्यक्षको हस्ताक्षरमा मात्रै आधिकारिक निर्णय हुने र अध्यक्षले केन्द्रीय समितिका सदस्यहरू मनोनित गर्न पाउने र केन्द्रीय समितिबाट अनुमोदन गरे पुग्ने ब्यवस्था रहेकाे र संशोधित विधान र ११९९ सदस्यीय सूची पनि बुझाइएको ओलीका कानुनी सल्लाहकार बाबुराम दाहालले जानकारी दिएका छन ।

    यता अाेली समुहकाे बसेकाे बैठकले यस्ताे निर्णय गरे पनी हिजाे बसेकाे प्रचन्ड-माधवकुमार नेपाल सहितकाे अर्काे गुटकाे बैठकले भने बहुमतबाट अाेलीलाइ अध्यक्षबाट हटाइएकाे जानकारी दिएकाे थियाे ।