• नेकपा सचिवालय बैठक सम्पन्न । के भयाे निर्णय ?


    २०७७ मंसिर ३ - पछिल्लाे समय बिभाजनकाे संघारमा पुगेकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक १० दिनपछि बस्नेगरी सकिएको छ । नेकपाकाे सचिवालयकाे बैठक केही बेर अगाडी बालुवाटारमा बसेकाे थियाे । बैठक १० दिनपछि मंसिर १३ गते बस्ने गरी सकिएको नेकपाका प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्री का प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेस गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा ओलीले छुट्टै प्रस्ताव ल्याउने बताएका छन । यसअघि २८ गते बसेको सचिवालय बैठकमा नेकपाका अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेका थिए ।

    साथै सचिवालय बैठक माग गर्दै प५ नेताले लेखेको २ पन्ने पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको १० पन्ने पत्र र प्रतिउत्तरमा प्रचण्डले लेखेको सात पन्ने पत्र र अन्तर पार्टी निर्देशन (अपानि) समेत वितरण भएको थियो ।

    नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अध्यक्ष ओलीको प्रस्ताव समेत लाई ध्यानमा राखेर सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ ।अाउदाे १३ गते ओलीले प्रस्ताव पेस गरेपछि सचिवालयमा सबै प्रस्ताव माथि थप छलफल हुनेछन । साथै १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।