• नेकपाकाे सचिवालय बैठक सुरू


    २०७७ मंसिर ३ - पछिल्लाे समय नेकपामा भएकाे बिबादका बिच नेकपा सचिवालय बैठक सुरू भएको छ। बैठकमा पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल सहित सचिवालयका ९ सदस्य सहभागी भएका छन। सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएकाे हाे ।

    सचिवालय बैठकले सम्भवतः अर्को बैठकको मिति तय गर्ने समेत अनुमान गरिएको छ । बैठकमा नेताहरुले धारणा राखेपछि अर्को बैठकको मिति तोकिने नेताहरुले जानकारी दिएका छन ।