• नेपाल-प्रचण्ड पक्षले गर्‍यो चरणबद्ध आन्दोलनको घोषणा


    २०७७ पाैष ९ , काठमाडौं -

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ( प्रचण्ड) – माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले प्रम अाेलीकाे संसद बिघटनकाे कमद बिरूद् चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। अाज बबरमहलको कार्की ब्यांक्वेटमा बसेको अध्यक्ष दाहाल- नेपाल पक्षको बैठकले देशव्यापी रुपमा चरणबद्ध आन्दोलनको घोषणा गरेको हो।

    यस्ता छन आन्दोलनका कार्यक्रम :

    १० गते ९ः३० बजे सबै केन्द्रीय सदस्य, सांसदहरू लगायत माइतीघर मण्डलामा जम्मा भएर १२ बजे निर्वाचन आयोगमा जाने। दिउँसो २ः०० बजे पत्रकार सम्मेलन। १ हप्ताभित्र प्रदेशहरूको बैठक सम्पन्न गर्ने।, १४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने।, पुस १२ गते ७७ जिल्लाहरूको भेला बैठक गर्ने।, १४ गते ७७ वटै जिल्लामा प्रतिगमनविरुद्ध आन्दोलन।, २० गतेभित्र नगर-गाउँपालिकासम्म बैठक, भेला गर्ने।, २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने।