• प्रचण्ड र माधव नेपाल मदन भण्डारीको शालिकमा माल्यार्पण गर्न बल्खु पुगे


    २०७७ पुस ९ काठमाडौं -

    नेपाल कम्युनिष्ट पाटी (नेकपा) प्रचण्ड-माधव खेमाका शीर्ष नेताहरुले राजधानी स्थित मदननगर बल्खुमा पार्टी कार्यालय बनाउने घोषणा गरेका छ । केन्द्रीय कमिटी बैठक सकिए लगत्तै अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहित वरिष्ठ नेता झलनाथ खनाल पनि बल्खु पुगेका थिए ।

    नेताहरुले त्यहा रहेकाे रहेको स्व. क. मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका छन । तत्कालीन एमालेको पार्टी कार्यालय भूकम्पले क्षतिग्रस्त बनेपछी अहिले भग्नावशेष मात्र छ । यो ठाउँसँग आफूहरुको सम्बन्ध गाँसिएको भन्दै पार्टीको भवन बनाउने बताएका छन । यता नेपाल( प्रचण्ड खेमाले हिजै अकर्ा अध्यक्षा अाेलीलाइ कारबाही गरी पदबाट बरखास्त गरेकाे जनाएकाे छ भने अाज अाेली खेमाकाे नेकपाकाे बैठकले प्रचण्डकाे कार्यकारी अधिकार खाेसिएकाे जनाएकाे छ । साथै दुबै खेमाले एक गुट छुटिएर गएकाे दाबी सहित अा- अाफ्नाे खेमा बैधानिक नेकपा भएकाे दावी समेत गरिरहेका छन ।