• गाेरखाकी ६ बर्षीय स्टेसीले जितिन मगर संसार अायाेजित मौलिक लोक नृत्य प्रतियोगिताको उपाधि



    २०७७ असोज १९

    मगर संसार(Magar Sansar) Photo Gallery ग्रुप/पेजको आयोजनामा गत  २०७७ असोज ४ गते देखि दुइ चरणमा सम्पन्न १२ बर्ष मुनिका मगर बाबुनानीहरूको एकल मौलिक लोक नृत्य २३ औ प्रतियोगिता असोज १८ गते सम्पन्न भएको छ। १२ बर्ष मुनिका बाल बालिकाहरूकाे  मा सहभागिता रहेकाे साे प्रतियाेगितामा  गोरखाकी  ६ बर्षीय स्टेसी आले मगर  प्रथम बन्न सफल भएका हुन । 

    बालबालिकाहरूको लुकेको प्रतिभा बाहिर ल्याउने उद्देश्यले आयोजना गरियको नृत्य प्रतियोगितामा विश्व भरीका ७७ जना बाबुनानीहरुले सहभागिता रहेकाे  थियाे । पहिलो चरणमा like को आधारमा २० प्रतियोगि र उत्कृष्ट प्रस्तुतिबाट २ जना गरि २२ जनाको सहभागिता रहेको फाइनल प्रतियोगितामा भिडियोमा आएको like मतको ५०% र जजको ५०% को आधारमा नतीजा सार्बजनिक गरिएको खेल संयोजक तथा अध्यक्ष अनिल लामिछाने मगरले जानकारी दिनुभयाे।

    त्यसै गरि दोस्रो स्थानमा  तनहूँ ,ब्यासकी हाल चितवन भरतपुर बस्नुहुने ११ बर्षीय प्राथना राना मगरले हात पारेकी छिन।  यसै गरी  तेस्रो स्थान ११ बर्षीय नवलपुर हाल भरतपुर चितवन बस्नुहुने जेनिसा रजाली मगरले हात पारेकी छिन।

    भेषभूषा, भाषा,संस्कार, संस्कृतिलाई संरक्षण गरौ, विश्व भरीका मगरहरुलाई एकजुट गरौ भनि मूल नाराको साथ स्थापना गरिएको मगर संसार ग्रुपले विभिन्न प्रतियोगिता आयोजना गरि मगर भित्रको प्रतिभालाई बाहिर ल्याई सबैमा एउटा उदाहरनिय काम गर्दै आएको  र दिन दुखी गरीबको लागि एउटा सहारा बनेको संसाथपक एडिमन अनिल लामिछाने मगरले बताउनुभयाे । 


    #बिजेता प्रतियोगिहरूको मत र पुरस्कार

    💐💐 #हार्दिक_बधाई_तथा_सुभकामना 💐💐

    १२ बर्ष मुनिका मौलिक एकल लोक नृत्य प्रतियोगीता-२०७७

    ♦️ #प्रथम बनिन गोरखाकी #स्टेसी आले मगर♦️



    ✅ नाम:- स्टेसी आले मगर

    ✅ उमेर:- ६ बर्ष

    ✅ ठेगाना:- गोरखा

    ✅ हालको बसाई : भरतपुर,चितवन

    ✅ जम्मा सहभागि:- ७७ जना

    ✅ प्राप्त मत:- १६३ अंक

    ✅ पुरस्कार :- रू.२०,०००/- + सम्मान पत्र

    ✅ प्रथम पुरस्कार प्रायोजक :दीप सागर बुढा मगर- तकसेरा, पूर्व रुकुम हाल अमेरिका


    💐💐 #हार्दिक_बधाई_तथा_सुभकामना 💐💐

    १२ बर्ष मुनिका मौलिक एकल लोक नृत्य प्रतियोगीता-२०७७

    ♦️ #दोस्रो बनिन तनहूँकी #प्राथना रानामगर♦️



    ✅ नाम:- प्राथना राना मगर

    ✅ उमेर:- बर्ष ११

    ✅ ठेगाना:- तनहूँ,ब्यास

    ✅ हालको बसाई : भरतपुर,चितवन

    ✅ जम्मा सहभागि:- ७७ जना

    ✅ प्राप्त मत:- १६१ अंक

    ✅ पुरस्कार :- रू.१५,०००/- + सम्मान पत्र

    ✅ पुरस्कार प्रायोजक : हाम्रो मगर अन्लाइन रोधिघर समिति परिवार

    💐💐 #हार्दिक_बधाई_तथा_सुभकामना 💐💐

    १२ बर्ष मुनिका मौलिक एकल लोक नृत्य प्रतियोगीता-२०७७

    ♦️ #तेस्रो बनिन नवलपुरकी #जेनिसा रजालीमगर♦️

    ✅ नाम:- जेनिसा रजाली मगर

    ✅ उमेर:- बर्ष ११

    ✅ ठेगाना:- नवलपुर

    ✅ हालको बसाई : भरतपुर,चितवन

    ✅ जम्मा सहभागि:- ७७ जना

    ✅ प्राप्त मत:- १५७ अंक

    ✅ पुरस्कार :- रू.१०,०००/- + सम्मान पत्र

    ✅ पुरस्कार प्रायोजक : भेद मगर- बागलूङ हाल कोरिया

    ♦️♦️समस्त मगर संसार(magar sansar) Photo gallery एडमिन समिति परिवार♦️