• कविराज मगर ज्यू को प्रमुख अतिथिमा मौलिक एकल लोक नृत्य प्रतियोगिता सम्पन्न



    २०७७ असाेज १९ 

     ''भेषभुषा, भाषा , संस्कार संस्कृतिको संरक्षण गरौं " भन्ने मूल उद्देश्यका साथ यस मगर संसार (Magar sansar) photo gallery ग्रुप भित्र मिति २०७७ असोज ४ गतेदेखि  २ चरणमा आयोजना गरिएको १२ बर्ष मुनिका बालबालिकाहरुको मौलिक एकल लोक नृत्य  प्रतियोगिता  प्रमुख अतिथि नेपाल मगर साँस्कृतिक संघका केन्द्रीय  अध्यक्ष कवीराज मगर  ज्यू , पाहुना अतिथि  भर्खरै मात्रै सम्पन्न मगर चलचित्रका नायक रमेशबाबू थापा मगर ,नायिका सिर्जना मगर ज्यू  ,वैदेशिक शाखा मगर संघका अध्यक्ष एवम् पदाधिकारी ज्यूहरु ,मौलिक एकल लोक नृत्य प्रतियोगिता २०७७ का तिनै जना निर्णायक ज्यूहरु , पुरस्कार प्रायोजन गर्नु हुने ३ जना सहयोगीहरु  , मगर संसार फोटो ग्यालरीका संस्थापक , सल्लाहकार तथा  एडमिनहरु, यस मौलिक एकल लोक नृत्य प्रतियोगिता २०७७ का टप 22 भित्र पर्ने प्रतियोगीहरु ,मगर संसार राहतकोषमा सहयोग गर्नु हुने सहयोगी दाताहरू र यस कार्यक्रमलाई सफल पार्नका लागि सहयोग गर्नु हुने सहयोगीहरु र जुम भर्चुअलका प्रविधिक ज्यू लगायतका व्यक्तिहरुको  उपस्थितिमा सम्पन्न भएको हो ।

     उक्त कार्यक्रममा नेपाल मगर साँस्कृतिक  संघका केन्द्रीय अध्यक्ष कविराज मगर ज्यूले यस मगर संसार ग्रुपले मगर समुदाय र राष्ट्रको हितको लागि विभिन्न कार्यक्रमका साथमा अघि बढेको भन्दै  ग्रुप र एडमिन परिवारलाई शुभकामनाका साथमा धन्यवाद प्रकट गर्नु भएको थियो । 

    नतिजा सार्वजानिक कार्यक्रमको Zoom live मा बोल्दै  प्रमुख अतिथि कविराज  मगर ज्यूले अहिलेको समय र परिस्थिति लाई मध्यनजर गर्दै कार्यक्रम राखिएको र बाबुनानीहरुको पनि समय सदुपयोग भएको दावी गर्दै मगर संसारले गरेको कार्यलाई प्रसंशा गर्नु भएको थियोे । कार्यक्रममा प्रमुख अतिथि कविराज मगर ज्यूले संस्कृति संरक्षणका लागि आफै कम्पनी खोल्ने र उत्पादन गर्ने कुरा पनि बोल्दै  प्रतियोगी बाबुनानीहरुलाई हार्दिक बधाई तथा उज्ज्वल भबिस्यको साथमा शुभकामनाका साथमा बाबुनानीहरुलाई आफुमा भएको कमीकमजोरीलाई सुधार गर्नुपर्ने र सफल भविष्यको लागि नाचगानमा मात्रै नभई शिक्षामा पनि केन्द्रित हुनु पर्ने सुझाव दिनु भएको थियोे ।


     सामाजिक अभियानमा यस मगर संसार ग्रपले निकै भूमिका खेलेको र आगामी दिनहरुमा पनि बृहत कार्यक्रम तथा अभियानको अपेक्षा गर्नु भएको छ । 

    नतिजा सार्वजनिक कार्यक्रमको Zoom live मा उक्त कार्यक्रमका पाहुना अतिथि , अतिथि , विभिन्न वैदेशिक शाखा मगर संघका अध्यक्ष एवम् पदाधिकारी ज्यूहरु र मगर संसार राहतकोषमा सहयोग गर्नु हुने सहयोगी दाताहरु, कार्यक्रमका निर्णयक ज्यूहरु , मगर संसार समितिका सल्लाहकारहरु, र पुरस्कार प्रायोजक ज्यहरु लगायत विभिन्न व्यक्तिहरुले आ- आफ्नो मन्तव्य राख्नु भएको थियो । 

    कार्यक्रम संचालन यस मगर संसार ग्रुपका  एडमिन समितिका महासचिव छिनिङ लाल थापा मगर र भाषिक उपाध्यक्ष नविन मगर ज्यूले सञ्चालन गर्नु भएको थियो भने कार्यक्रमको सुरुवातमा स्वागत मन्तव्य यस ग्रुपका एडमिन समितिका सचिव एलिना मगर ज्यू ले राख्नु भएको थियो  र धन्यवाद ज्ञापन  एडमिन समितिका उपाध्यक्ष रन्जु बड्कौली मगर ज्यूले गर्नु भएको थियो साथै  कार्यक्रमको समापन कार्यक्रमका सभापति एवम् संस्थापक एडमिन अध्यक्ष अनिल लामिछाने मगर ज्यूले गर्नु भएको थियो