• रमेशबाबुको झोर्ले साली ज्यु-२ सार्बजनिक (भिडियो सहित)



     २०७७ असोज १८ लोकप्रिय कलाकार रमेश बाबु थापा मगरको झोर्ले साली ज्यु-२ आज सार्बजनिक भएको छ । मगर समुदायका चर्चित नायक तथा गायक मोडल रमेशबाबु थापा मगर आफैमा एक सर्जक हुन । सृजनाले भरिएका रमेशबाबु थापा मगर आफैले शब्द रचना र संगीत गरेको झोर्ले साली ज्यु-२ आज GM Pithakote Photo & Videographgy युटुब च्यानलबाट सार्बजनिक गरेका छन् । रमेशबाबु थापा मगर र तारा श्रीष मगरको स्वर रहेको उक्त्त म्युजिक भिडियोमा रमेशबाबु मोडलको रुपमा प्रस्तुत भएका छन् भने अन्य तीन जना रबिता मगर, रोसनी राना मगर र उषा अर्मजा मगरले अभिनयमा साथ दिएका छ्न । मगर समुदायको संस्कृतिमा आधारित रहेको म्युजिक भिडियो मगर भाषामा रहेको छ । 

    पोखरामा छॉंयाकंन गरिएको झोर्ले साली-२ लाई डान्सर तथा कोरियोग्राफर सर्जन थापा मगरले निर्देशन गरेका छन् भने क्यामरा म्यान मा किरण चैसिर रेहको छ ।