सावित्राको हृयाट्रिकसँगै नेपालको सहज जित

१९ मंसिर, पोखरा ।
सावित्रा भण्डारी ‘साम्बा’को हृयाट्रिकसँगै नेपालले ३ औं दक्षिण एसियाली खेलकुद (साग)मा माल्दिभ्सलाई हराएको छ ।बिहीबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-० गोल अन्तरले हराएको हो । पोखरा रंगशालामा भएको खेलमा नेपालले १६ औं मिनेटमा सावित्राको गोलबाट अग्रता लिएको थियो ।
अनिता बस्नेतको पासमा उनले हेड गोल गरेकी हुन् । चार मिनेटपछि नै सावित्राले नै नेपालको अग्रता दोब्बर पारिन् । खेलको इन्जुरी टाइममा नसावित्रालाई डिबक्सभित्र लडाएपछि नेपालले पेनाल्टी पायो, जसमा उनैले गोल गर्दै हृयाट्रिक पूरा गरिन् ।
।
*For Android Phone Only.
