• भुटानमाथि कप्तान ज्ञानेन्द्रको शतक



    १९ मंसिर, काठमाडौं । 
    १३ औं साग अन्तरगत नेपाल र भुटानबीच जारी क्रिकेट म्याचमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन् । अन्तर्राष्ट्रिय टि-२० मा यो उनको पहिलो शतक हो ।

     कप्तान भएयता आफ्नो फर्म गुमाएका ज्ञानेन्द्रले भुटानको कमजोर टिममाथि छक्का र चौकाको वषर्ा गरे । ५२ बलमा सतक बनाउँदा उनले ८ छक्का र ५ चौका प्रहार गरेका छन् । यसअघि नेपालका लागि एक मात्र टि-२० सतक पूर्व कप्तान पारसको नाममा छ ।

     आजको म्याचमा भुटानले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपालको इनिङ सुरुवात गरेका पूर्व कप्तान पारस र ज्ञानेन्द्रले भुटानी बलरहरुको धज्जी उडाए । पारस २८ बलमा ५७ रन बनाएर आउट भए पनि ज्ञानेन्द्र रोकिएनन् । 

    ज्ञानेन्द्रको शतकीय इनिङको मद्दतमा नेपालले पहिलोपटक टि-२० मा २ सयभन्दा माथिको स्कोर कटाएको छ । उनी १०७ रन बनाउँदै आउट भएका छन् ।

    *For Android Phone Only.

    मेडल तालिका हेर्न तल जानुस ः