• NRNA जापान नागोयाका मनोज बम मल्लको उमेद्वारी विधान र मापदण्ड विपरित रहेको खुलासा


    यहि जुन ६ तारिख आईतबारका दिन हुन गईरहेको एनआरएनए जापानको क्षेत्रिय समिति नागोयाको अधिवेशनमा संयोजक पदका लागी उम्मेदवार दिएका रुद्र मल्ल (मनोज बम मल्ल) को उम्मेदवारी संघको विधान र मापदण्ड विपरित रहेको भन्दै निर्वाचन आयोग मनोजम बम मल्ल बिरुद्द निवेदन पेश भएको छ । शुक्रबार साँझ सोही संयोजक पदकै अर्का उम्मेदवार गंगा घर्ति मगरले मल्लको उम्मेदवारी मापदण्ड नपुगेको दावी गर्दै निर्वाचन प्रमुख कहाँ निवेदन पेश गरेका हुन् । एनआरएनए राष्ट्रिय सम्न्वय परिषद जापानको (२०२१ संशोधन सहितको) विधानको परिच्छेद ८ को ५ मा - उम्मेदवारको योग्यताको हकमा भन्ने शिर्षकको ५.४ मा भनिएको छ - 'क्षेत्रिय समितिको संयोजक पदमा उम्मेदवार बन्नका लागी रासपको कुनै पनि पदमा रही एक कार्यकाल कार्य सम्पादन गरेको र क्षेत्रको हकमा क्षेत्रीय समितिको पदाधिकारीमा रही कम्तिमा एक कार्यकाल पुरा गरेको हुनु पर्ने छ ।' साथै विधानको परिच्छेद ९ को २.२७ मा - 'एक कार्यकाल' भन्नाले पद नियुक्त र वा निर्वाचित भएर सो को सपथ खाएको मितिले न्युनतम ३६५ दिनलाई जनाउने छ ।' भनिएको छ । तर हालका उम्मेदवार मध्य एक रुद्र मल्ल (मनोज बम मल्ल) अहिलेको कार्यसमितिमा मनोनित भएर उपाध्यक्ष भएको जम्मा ६ महिना मात्रै भएकोले विधाननुसार मल्लको कुनै पनि हालतमा मादण्ड नपुग्ने र उनले संयोजक पदको उम्मेदवारी दिन नमिल्ने अर्का उम्मेदवार गंगा घर्ति मगरको दावि रहेको छ । र सोही अनुरुप उनले निर्वाचन आयुक्त समक्ष निवेदन पेश गरेको जानकारी दिएका हुन् । घर्ति मगर वर्तमान कार्यसमितिमा अघिल्लो अधिवेशनबाट निर्विरोध कोषाध्यक्ष पदमा चयन भएर आएका हुन् । गंगा घर्ति मगरको निवेदन पछी नागोयाको निर्वाचन मण्डलले (निर्वाचन आयोगले) कस्तो निर्णय गर्ला ? र अन्य जनमानसमा र बुद्धीजिबी स्तरमा कस्तो खालको बहस पैदा गर्ला ? के साँच्चै मनोज बम मल्लको उम्मेदवार रद्द होला त ? यो तात्तातो बिषय बनेको छ ।