• मगर टिक टक फोटो ग्यालरी ग्रुप मा भदाै १ देखी कला/सिप/ प्रतिभा सम्बधी भिडियो प्रतियोगिता हुदै


    २०७७ साउन ३२ 
    मगर भाषा, भेषभुषा, कला,  संस्कार संस्कृितकाे संरक्षण संम्बर्द्दन गराै भन्ने मुल उदेश्यका साथ स्थापना गरिएकाे सामाजिक संजाल मगर टिक टक फोटो ग्यालरी ग्रुप ले  चाैथाे कार्यक्रम अन्तर्गत मगरहरूकाे कला/सिप/ प्रतिभा सम्बधी भिडियो प्रतियोगिता अायाे जना गर्ने भएकाे छ । 

    भदाै १ गते (अगस्ट - १७)  बिहान ८ बजे  देखी भदाै २ गते सम्म्  भिडियाे  पाेष्ट गर्न सकिने साे कार्यक्रममा बिजेताहरूलाइ प्राेत्साहन स्वरूप पुरस्कार राशी समेत रहेकाे  कार्यक्रम संयाेजक दशरथ सारू मगरले जानकारी दिनुभयाे । 
     उक्त प्रतियाेगितामा  सबै उमेर समुहका मगर लाफाहरूले सहभागिता जनाउन सक्नेछन 
    👉नियमहरु यस प्रकार रहेका छन 👈

    १, भिडियाे कम्तिमा २ मिनेट भन्दा लामाे हुनुपर्नेछ । भिडियाे सम्बन्धी बिषय बस्तु क्याप्सनमा उल्लेख गर्नुपर्नेछ । मौलिक मगर भेषभुषामा भिडियो हुनुपर्नेछ ।

    २) जुनसुकै उमेरका मगर समुदायका सबैले सहभागिता जनाउन सकिने छ । गीतमा नाचिएका भिडियाेहरूले स्थान पाउने छैनन । अर्थात नृत्य भिडियाे सहभागी गराइने छैन । नृत्य बाहेक अन्य जुनसुकै प्रतिभा, सिप, कलाहरूले स्थान पाउनेछन ।

    ३) प्रतियोगीले नाम र ठेगाना उल्लेख गरी यस मगर टिकटक / फोटो ग्यालरी ग्रुप - Magar TikTok - Photo Gallery Group भित्र नै भिडियो पोष्ट गर्नु पर्नेछ ।

    ४, यदि कसैले गीत गाउने कला छनाैट गर्नु भएमा गीतका भिडियोहरु माैलिक मगर संस्कृति झल्कने खालाका गीतमा बिना म्युजिक मा गाइएकाे हुनुपर्नेछ ।

    ५) यस खेलमा भाग लिनुहुने लाफाहरूले अनिबार्य आफ्नो मगर साथीहरू यस “यस Group’ मा इन्भाइट / एड गर्नुपर्नेछ ।

    ६) भिडियो पोष्ट गर्ने नेपाली समय अनुसार,
    २०७७ भाद्र १ गते बिहान ८ बजे देखी भोली पल्ट भाद्र २ गते बेलुकी ८ बजे सम्म ( ३६ घण्टा )

    ७) Like/share/comment पाइनेछ,, सबै Like, रियाक्टलाई मान्यता दिइनेछ । अटो लाइक गरीएको पाइएमा प्रतियोगिताबाट हटाइने छ । अटाे लाइक र स्माप चेक गर्न प्राबिधिक टिम पनी खटाइने छ ।

    ८) आफ्नो लिंक यसै ग्रुपका अन्य प्रतियोगीको कमेन्टमा हाल्न पाईने छैन । पोष्ट गरिएको भिडीयो आफ्नै प्रोफाइल संग अन्तरसंम्बन्धित हुनुपर्नेछ ।

    ९) भाद्र ७ गते सांझ ५ बजे भोटिङ बन्द गरिनेछ । ५ बजे पछाडी एडमनि लाइभ आएर बिजेता घोषणा गरिने छ।
    बिजेता लाईकको अाधारमा छनोट गरिनेछ ।

    १०) कुनै कुरा बाझिन गएमा, एड्मिनहरुको निर्णय नै सर्बमान्य हुनेछ ।

    ११) यस प्रतियाेगिताकाे मुख्य उदेश्य हामी मगरहरू मा रहेकाे प्रतिभा एक अापसमा शेयर गर्ने र एकले जानेकाे कुरा अर्काेलाइ सिकाउने हाे । अाफु संग भएकाे जुनसुकै (नृत्य बाहेक) प्रतिभाकाे भिडियाे बनाउन सकिनेछ ।

    🙏🙏पुरस्कार प्रायाेजक 🙏🙏
    👉 राेयल सारू मगर ( हाल काेरिया )***👈

    *प्रथम पुरस्कार - रू ३५०० + प्रमाण पत्र
    *दाेस्राे पुरस्कार - रू २५०० + प्रमाण पत्र
    *तेस्ाे पुरस्कार - रू १५०० + प्रमाण पत्र
    * एडमिन छनाैट उत्कृष्ट पुरस्कार - रू १००० + प्रमाण पत्र

    अायाेजक
    मगर टिकटक - फाेटाे ग्यालरी ग्रुप
    https://www.facebook.com/groups/1297900563734091