• अदालत प्रति भरोसा छ : प्रचण्ड


    २०७७ पुस १० - काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव खेमाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अदालत प्रति आफूहरुको भरोसा रहेको बताएका छन ।

    शुक्रबार नेकपाकाे केन्द्रीय कमिटीको बैठकमा भएका निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, संविधानको मर्म र भावना, जनभावना अनुसार प्रतिनिधिसभा विघटनको निर्णयलाई अदालतले असंवैधानिक छ भनी फैसला गर्छ भन्नेमा हामीले विश्वास लिएका छौं । तर यो मुद्दा अदालत सँगै जनता र सडकमा गएको प्रचण्डले बताए । प्रचण्डले आफ्नो पार्टी सडकमा आएको र अरु दलसँग पनी मिलेर संयुक्त संघर्ष गर्ने तयारीमा रहेको समेत बताएका छन ।