• मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा प्रम ओली । के के निर्णय भए अाजकाे अाेली खेमा बैठकमा ?


    २०७७ पुष ९ काठमाडौं - नेकपा अध्यक्ष एबं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन । नेकपा ओली समूहको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले छिटै मन्त्रिपरिषद्मा मन्त्रीहरु थप्ने निर्णय गरेको छ । सो निर्णयपछि प्रधानमन्त्री तथा नेकपा (ओली)ंका अध्यक्ष ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेको बालुवाटार स्रोतले बताएको छ। प्रम बाट संसद बिघटन भए संगै अाेलीकाे कदम असंबैधानिक भनी नेपाल/दाहाल खेमालाइ साथ दिदै ७ जना मन्त्रीहरुले राजीनामा दिएका थिए।

    ७ जना मन्त्रीहरुले सामुहिक राजीनामा दिएपछि रिक्त रहेका साे मन्त्रालयमा नयाँ मन्त्रि थप्ने तयारी भएको हो। हाल ऊर्जा मन्त्रालय, वन मन्त्रालय, कृषि मन्त्रालय पर्यटन मन्त्रालय, श्रम मन्त्रालय, खानेपानी मन्त्रालय, र शिक्षा मन्त्रालय रिक्त रहेका छन । नेकपा (ओली)को केन्द्रीय कमिटीले विभिन्न ४ वटा निर्णयहरु गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन । ज्ञवालीका अनुसार बैठकका निणर्यहरु यस्ता छन -

    १ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ कार्यकारी अध्यक्षको अधिकारबाट हटाइएको। २ प्रदेश संयोजकहरुको चयन। प्रदेश नम्बर १ संयोजक सुवास नेम्वाङ प्रदेश नम्बर २ सत्यनारायण मण्डल बाग्मती प्रदेश संयोजक ईश्वर पोखरेल प्रदेश नम्बर ५ संयोजक शंकर पोखरेल गण्डकी प्रदेश संयोजक पृथ्वी सुब्बा गुरुङ कर्णाली प्रदेश संयोजक मणि थापा सुदुर पश्चिम प्रदेश संयोजक लेखराज भट्ट जनवर्गीय संगठन प्रमुख टोपबहादुर रायमाझी काठमाडौ उपत्यका संयोजक कृष्णगोपल श्रेष्ठ ३ नयाँ चयन भएका केन्द्रीय कमिटी सदस्यहरुको सपथ ग्रहण तथा अनुमोदन। ४ खाली रहेको मन्त्रीहरु छिट्टै पदास्थापन गरिने।