• संसद विघटनको बिरोध गर्दै प्रचण्ड- नेपाल पक्षकाे राँके जुलुस


    २०७७ पुस ९ काठमाडौं - संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव खेमाका विद्यार्थी नेता, कार्यकर्ताहरुले राजधानी काठमाडौंमा राँके जुलुसमा निकालेका छन् । बिहीबार साँझ बानेश्वर बाट विजुली बजार हुँदै माइतीघर सम्म निकालिएको जुलुसलाई प्रहरीले तितरवितर पार्न खोजे पछि ढुंगा हानाहान काे स्थिति समेत भएको थियो ।

    प्रहरीले जुलुसलाई तितरवितर पार्न खोजेपछि प्रदर्शनकारीले ढुंग समेत प्रहार गरेका थिए त्यसक्रममा प्रहरीले लाठीचार्जसमेत गरेको छ । झडपको सुरुवात भने प्रहरीले राँको खोस्न थाले पछि भएको जुलुसमा सहभागी एक नेताले बताएका छन । रातको समयमा राँके जुलुस निकाल्दा अागाे अन्यत्र सल्किएर आगलागी हुनसक्ने सम्भावना भएकाले नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताएका छन ।

    उनले भने, ‘जुलुस निकाल्न नदिने भन्ने नीति त होइन तर, रातको समयमा अन्य क्षति नहोस् भनेर नियन्त्रणमा लिने प्रयास गरिएको हो । कसैलाई पक्राउ नगरिएको र राँको खोस्दा घम्साघम्सी पछी काेही समातिएको भए केहीवेर पछि छुट्ने एसएसपी सिंहले बताए । दुई पक्षबीच भएको झडपका क्रममा भुपेन्द्र शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।