• भारतीय स्थल सेनाध्यक्षलाई कार्तिक २० गते नेपालमा मानार्थ महारथीको दर्जा दिइने


    २०७७ कार्तिक ११ -अाउदाे कार्तिक १९ देखि २१ गते (नोभेम्बर ४ देखि ६ ) सम्म नेपाल भ्रमणमा अाउने भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमण तालिका नेपाली सेनाले सार्वजनिक गरेको छ । जसअनुसार छिमेकी मुलुक भारतका सेनाध्यक्षलाइ कार्तिक २० गते नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कात्तिक २० गते अर्थात नोभेम्बर ५ तारेखमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यतालिका तय भएकाे छ ।

    ३ दिने नेपाल भ्रमणका क्रममा नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा समकक्षी नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा सँग बिशेष छलफल समेत गर्नेछन् । उनले अमान्ड अफ स्टाफ कलेजका शिक्षार्थीसँग अन्तर्क्रिया गर्ने कार्यक्रम पनि रहेको छ । नरवणेले स्वदेश फर्किने दिन कात्तिक २१ गते प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीसँग पनि भेट गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जानकारी दिएको छ । नेपाल भारत बिच दुइ देशका सेनापतीलाइ एक अापसमा अाफ्नाे देशमा। मानार्थ महारथीको दर्जा दिइने चलन रहेकाे छ ।