• युभेन्टस र च्याम्पियन्स लिगको राजा रियल अन्तिम १६ बाटै आउट


    २०७७ साउन २४ - इटालियन लिग (सिरिए) च्याम्पियन युभेन्टस च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै आउट भएको छ । च्याम्पियन लिग उपाधीकाे प्रमुख दाबेदार मानिएकाे क्रिस्टियानो रोनाल्डोको टिम युभेन्टसले फ्रेन्च क्लब लियोनलाई २–१ ले हराए पनि एग्रीगेटमा २–२ को बराबरी भए पनि लियोनले अवे गोलका युभेन्टसलाई पछि पार्दै अन्तिम आठमा स्थान बनायो ।

    यस अगाडी लियोनकाे मैदानमा भएकाे खेलमा युभेन्टस १-० ले हारेकाे थियाे । शनिबार बिहान भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा युभेन्टसका भरपर्दा फरवार्ड क्रिस्टियानो रोनाल्डोले २ गोल गरे पनि उनको २ गोल टिमलाई अघि बढाउन पर्याप्त भएन । उनले पहिलाे गाेल भने पेनाल्टी मार्फत गरेका थिए ।

    शनिबार नै भएकाे अर्काे खेलमा च्याम्पियन्स लिगको राजा’ रियल पनी अन्तिम १६ बाटै आउट भएकाे छ । याे संगै सर्वाधिक १३ पटकको च्याम्पियन स्पेनिस क्लब रियल मड्रिड लगातार दोस्रो सिजन अन्तिम १६ बाटै आउट भएको हाे । उसलाई यसपटक पेप ग्वार्डिओलाको टिम इंग्लिस क्लब म्यानचेस्टर सिटीले नमिठाे हार चखायाे ।

    शनिबार बिहान भएको खेलमा सिटीले पाहुना टोली रियललाई आफ्नो घरेलु मैदानमा २–१ ले हरायो । दोस्रो लेगको समेत नतिजा जोड्दा सिटीले एग्रीगेटमा ४–२ को हार चखाउँदै रियललाई घरको बाटो देखाएको हो । दोस्रो लेग अन्तर्गत सिटीको घरमा रियलको डिफेन्सको गल्तीले गोल खाएर नतिजा गुमाउन पुगेकाे थियाे ।